साहित्य चौतारी झापाद्वारा साहित्यकार सरोज ओलीलाई स्मरणगर्दै शोक सभा सम्पन्न

बिर्तामोड । साहित्य चौतारी झापा नेपालले गएको कात्तिक १६ गते शुत्रबार स्वर्गबास हुनुभएका संस्थाका संस्थापक सल्लाहकार ,दीर्घ साधना सम्मानद्वारा अभिनन्दित, २०८० सालका दक्षिणारहित सामुहिक सडक देउसी कार्यक्रमका प्रमुख अतिथी अग्रज साहित्यकार सरोज ओलीलाई स्मरण गर्दै शोक सभा सम्पन्न गरेको छ ।

शोक सभामा दिवंगत स्रष्टा सरोज ओलीको साहित्यक यात्रा साथै व्यतित्व परिचय सल्लाहकार  हरीनारायण भट्टराईले गर्नु भएको थियो ।

उहाँले साहित्यकार ओलीको निधनले संस्था मर्माहत भएको बताउँदै मुलुकले एक प्रखर स्रष्टा गुमाएको  बताउनु भयो ।

साहित्य चौतारी झापा नेपालका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न शोक सभामा १ मिनेट मौन धारण गरी सम्पुर्ण पृत्रीहरुलाई स्मरण गरिएको थियो ।

संस्थाका स्थापना कालदेखि नै सल्लाहकारको रुपमा रहेर मार्गदर्शन गरिरहनु भएका ओलीलाई उपचारको क्रममा पनि साहित्य चौतारीका पदाधिकारीहरुले पटक– पटक स्वास्थ्यलाभ कामना गर्दै भेटेका थिए ।

शोक  सभामा बोल्दै साहित्य चौतारीका अध्यक्ष श्रेष्ठले स्रष्टा कहिल्यै नमर्ने बताउदै उहाँले मार्गदशन गरको पथमा साहित्यकार तथा साहित्य चौतारी सधै हिडिरहने बताउनु भयो ।

साहित्य चौतारीमा सल्लाहकार संयोजक राजेन्द्रप्रसाद संग्रौला, सल्लाहकार हरिनारायण भट्टराई, अनिरुद« ओली, शिरो सान्दाई, भवानी क्षेत्री,अध्यक्ष तथा संरक्षक, देवी भक्त श्रेष्ठ, संरक्षक उर्मिला बिमली श्रेष्ठ, उपाध्यक्ष– हिम्मत नेम्वाङ, महासचिव गौरव श्रेष्ठ,कोषाध्यक्ष भवानीप्रसाद गौतम, सदस्य ,चित्रा पौडेल कोइराला, मीना अधिकारी,गोमा बिमली, सुनिता तामाङ, कल्पना भट्टराई, एनवी दाहाल नविन, प्रेस सल्लाहकार भरत प्रसाई लगायतले पुष्प अर्पण गर्दै साहित्यकार ओलीलाई स्मरण गरेका थिए ।

शोक सभा कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सचिव तुलसी प्रसाद निरौलाले गर्नु  भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *