नेपालले आजदेखि गर्दैछ बंगलादेशमा विद्युत निर्यात

नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ।

शुक्रबार ४० मेगावाटबाट सुरू हुने निर्यात आगामी वर्षको जुन महिनाबाट नियमित निर्यात गर्ने प्राधिकरणको तयारी छ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बंगलादेश निर्यात गर्नका लागि भारतको प्रसारण प्रणाली प्रयोग गरिन्छ।

भारतको प्रसारण लाइनमार्फत शुक्रबार दिउँसो नेपालको बिजुली बंगलादेश पुग्नेछ।

शुक्रबार मध्याह्न १२ बजे प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँगै नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम छ।

यसअघि गत असोज १७ गते बंगलादेशमा ४० मेगावाट बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *