चौथो टी–२० क्रिकेटमा भारतसंग दक्षिण अफ्रिका १३५ रनले पराजित
चौथो टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा १३५ रनले पराजित गरेको छ । योसँगै भारतीय टोलीले सिरिज ३–१ ले जितेको छ । जोहानेसबर्गको वान्डरर्स रंगशालामा टस जितेर ब्याटिङ रोजेको भारतले एक विकेट गुमाएर २८४ रनको लक्ष्य दिएको थियो। भारतका लागि सञ्जु सामसन र तिलक वर्माले शतक प्रहार गरे । सामसनले ५६ बलमा १०९ रन र तिलक वर्माले ४७ बलमा १२० रन बनाए । २८४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १० रनमा ४ विकेट गुमाएको थियो । ट्रिस्टन स्टब्स र डेभिड मिलरले इनिङ्सलाई सम्हाल्ने प्रयास गरे पनि टोली १८।२ ओभरमा १४८ रन बनाएर अलआउट भयो। १३५ रनको हार दक्षिण अफ्रिकाको टी–२० मा सबैभन्दा ठूलो हार हो । ४७ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १२० रन बनाएका तिलक प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज जित्न सफल भएका छन् ।