चारआली खानेपानीमा माओवादीका चिमरिया नेतृत्वकाे प्यानल बिजयी

चारआली । साना शहरी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था चारआलीकाे अध्यक्षमा राजन चिमरिया निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न भएकाे मतगणनामा तीन बर्षे कार्यकालका लागि चिमरिया निर्वाचित भएका हुन् ।

धाइजनका डेरी व्यवसायी चिमरिया त्यस क्षेत्रका सामाजिक व्याक्तित्व मानिन्छन् । नेकपा माओवादी केन्द्र मेचीनगर नगरपालिकाका अध्यक्षसमेत रहेका चिमरियाले ९११ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका सन्ताेष मेचेले ४९३ मत ल्याए । नेपाली कांग्रेसका उम्मेद्वार बालकुमार बिष्टले २७२ मतमा चित्त बुझाए ।

उपाध्यक्षमा चिमरिया प्यानलकै  मैया कार्कीले ६०६ मत ल्याएर बिजयी बनेकी छन् । उनले एमालेका पुष्पा गाैतम र कांग्रेसका दिपा आचार्य पाैडेललाई हराइन् । सचिवमा साेही प्यानलका प्रेमराज घिमिरेले बाजी मारे ।

उनले ६६४ मत ल्याएका छन् । काेषाध्यक्षमा पनि चिमरिया नेतृत्वकाे प्यानलका साउन मेचे बादलले ५७७ मत ल्याएर बिजयी बनेका छन् ।

सदस्यहरुमा पुरुषाेत्तम सिग्देल ६१९, चन्द्रकला तवेबुङ ६१३, तेजबहादुर लिम्बु ६७३, अञ्जु फेवादिन ५८९ र हरिप्रसाद घिमिरे ५८३ मत ल्याएर निर्वाचित भएका छन् । घिमिरे नेकपा एमाले समर्थित मेचे प्यानलबाट निर्वाचित हुने एक्ला सदस्य बनेका छन् । उनीबाहेक सबै चिमरिया प्यानलबाट निर्वाचित भएका छन् ।

यसैगरी लेखासमितिमा चिमरिया प्यानलकै बर्चस्व स्थापित भएकाे छ । लेखा समिति संयाेजकमा अर्जुन खनालले ५२२ मत ल्याएर बिजयी बनेका छन् । दुई सदस्यमा रुद्रप्रसाद रिजाल ६२४ र  रितादेबी रिजाल न्याैपाने ५८९ मत ल्याएर निर्वाचित बनेका छन् ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमालेले फरक फरक प्यानल बनाएका थिए । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,  राप्रपा र लिम्बुवान पार्टीले संयुक्त प्यानल बनाएका थिए ।

संस्थाको शनिबार सम्पन्न निर्वाचनमा २ हजार ६९५ मतदाता मध्ये  १ हजार ७८१ जनाले मतदान गरेका थिए । खसेका मध्ये ३५ मत पूर्ण रुपमा बदर भएकाे छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *