‘बिर्तामोड झापा कप’ अन्तरास्ट्रिय नक आउट फुटबल प्रतियोगिता हुने

बिर्तामोड । भरत भाबुक प्रसाई, फुटबल खेललाई    प्रर्वद्वन गर्ने उदेश्यले झापाको बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा प्रथम ‘बिर्तामोड झापा कप’ अन्तरास्ट्रिय नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपालकै चर्चित  टिम झापा–११ फुटबल क्लबको आयोजनामा बिर्तामोड झापा कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो ।

आगामी मंसिर २९ गतेदेखि पुष ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका उत्कृष्ट १० टिमको सहभागिता रहने आयोजकले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जनाएको छ ।

बिर्तामोड स्थित सिर्दाथ होटलमा आयोजित कार्यक्रममा बोल्दै आयोजक समितिका संयोजक केशबराज दाहालले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने टिमसँग समन्वय गर्ने काम भइरहेकोे जानकारी दिनु भयो ।

प्रतियोगिताको बिजेताले नगद १० लाख, आकर्षक ट्रफी तथा उपबिजेताले नगद ५ लाख रुपैयाँ र ट्रफी पाउने छन् ।

झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले पहिलो पुरस्कार नगरपालिकाले सहजीकरण गरीदिने प्रतिबद्वता गरेको बताउदै निस्वार्थ भावनाले खेलाडीको मनोवल बढाउन प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।

लामो समयसम्म बी डिभिजन फुटबल प्रतियोगिता नहुँदा झापा फुटबल क्लबका खेलाडीहरुमा नैराश्यता उत्पन्न भएको उहाँको भनाइ छ । झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले प्रतियोगिताको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।

झापा ११ फुटबल क्लबको भगिनी संस्था झापा फुटबल क्लबका खेलाडीलाई आगामी प्रतियोगिताका लागि तयारी राख्नका लागि पनि प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

प्रतियोगिताबाट बचत भएको रकम झापा फुटबल क्लबका खेलाडीको उन्नयनमा खर्च गरिने उहाँले बताउनु भयो ।

प्रतियोगिता सम्पन्न गर्न ९३ लाख रुपैंया खर्च हुने अनुमान आयोजकको रहेको छ ।

नेपालमै सबैभन्दा धेरै दर्शकले अवलोकन गर्ने दावी गरिएको झापा गोल्डकप प्रत्येक दुई बर्षमा आयोजना हुन थालेको छ ।

गतबर्ष छैटौ संस्करण सम्पन्न भएको प्रतियोगिता २०८२ सालमा हुने छ ।

झापाका दर्शकको स्तरीय फुटबल प्रतियोगिता हेर्ने चाहनालाई मध्यनजर गर्दै यो प्रतियोगिता आयोजना गरिएको झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले बताउनु भयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *