कञ्चन स्कुलमा निशुल्क आँखा शिविर सम्पन्न
बिर्तामोड ७ स्थित कञ्चन स्कुलले बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरि एक दिने निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
मेचि आँखा अस्पतालको प्राविधिक सहयोग रहेको विद्यालय आँखा जाँच स्वास्थ्य शिविरमा ५२ ०जना स्कुलमा अध्यनरत बिद्यार्थीहरुले आँखा परिक्षण गराएका थिए ।
जसमध्ये २४ जनालाई चश्मा वितरण गरिएको थियो । परिक्षणबाट २३ जना नानीलाई आँखाको अवस्था गम्भीर रहेकाले अस्पतालमा नै रिफर गरिएको बिद्यालयका संस्थापक तथा शिक्षक डिल्ली चम्लागाँईले बताउनु भयो ।
कार्यक्रममा बिधालयका शिक्षक शिक्षिका लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो ।
आँखा शिविरका माध्यमबाट विद्यार्थीहरुको आँखाको अवस्था थाहाँ पाउन मद्वत पुगेको शिक्षक चम्लागाँईले बताउनु भयो । शिविरमा मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियाे ।