नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई गृहमन्त्रीकाे निर्देशन

कैलाली – गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।

धनगढीमा भइरहेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सिमानाको रक्षा, आपराधिक गतिविधिको नियन्त्रण, विपद् व्यवस्थापन र सामाजिक सद्भाव कायम राख्न हरदम प्रहरी सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।

नागरिकले आफ्ना अधिकारलाई प्रयोग गर्न पाउने स्थितिलाई सुनिश्चित गर्नुपर्ने भन्दै उहाँले अमनचयन, विधिको शासन, शान्ति सुरक्षा र अनुशासन कायम गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ऐनलाई समयानुकूल बनाउन नयाँ कानून संसद्को आउँदो अधिवेशनमा पेश गरिने गृहमन्त्री लेखकले बताउनुभयो ।

गृह मन्त्रालय र प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *