सुनको भन्सार महसुल घट्यो, भाउ पनि घट्ने

१० मङ्सिर ।  सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसुल घटाइएको हो । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको हो ।

यस्तै चाँदीको भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । भन्सार महसुल दर घटेसँगै अब बजारमा सुन र चाँदीको मूल्य घट्नेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *