सुरुङ्गामा लैनाे गाई काटियाे, अभियुक्त खाेज्दै प्रहरी

बिर्तामाेड । झापाकाे कनकाई नगरपालिका-३ मा अज्ञात समुहले मंगलबार बिहानकाे राती लैनाे गाई काटेकाे छ । स्थानीय पूर्णप्रसाद फुँयालको गोठमा बाँधेको लीला प्रसाद  सिलवालको पहिलो बेते गाई अज्ञात समूहले काटेकाे हाे ।

बिहान दुहुन जाँदा गाेठमा गाई नदेखेपछि चाेरी भएकाे भन्दै सिलवालले इलाका प्रहरी कार्यालय सुरुङ्गामा खबर गरेका थिए । गाईकाे खाेजी गर्दा साेही स्थानका लीला संग्राैलाकाे घरभित्र काटेर मारेकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

साे स्थानमा ज्याला मजदुरी गर्ने केही मुस्लिम समुदायका मान्छेहरु बसाेबास गर्ने गरेकाे बुझिएकाे छ । प्रहरीले गाई काट्ने समूहकाे खाेजतलास सुरु गरेकाे जनाएकाे छ ।

दुई महिना अघि झापाकाे दमकमा ब्याउने गाई काटिएकाे थियाे । प्रहरीले घटनामा संलग्न चारजनालाई पक्राउ गरेर मुद्दा चलाएकाे जनाएकाे छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *