कोशीका पूर्वमन्त्री अधिकारीलाई जापान प्रकरणमा सरकारले उन्मुक्ति दिएको भन्दै माओवादीको आपत्ति

नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सांसद लिलाबल्लभ अधिकारीलाई सरकारले उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले मुख्य योजनाकार रहेका पूर्वमन्त्री अधिकारीलाई सरकारले उन्मुक्ति दिएको बताए।

जापान प्रकरणमा पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको थियो। तर अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले भ्रष्टचारी र माफियाको संरक्षण गर्दै आएको आरोपसमेत उनले लगाएका छन्।

पदाधिकारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायतमा कुराकानी भएको उनले बताए।

स्थानीय तह उपनिर्वाचनपछि सरकारविरूद्ध कडा ढंगले प्रस्तुत हुने पनि प्रवक्ता सापकोटाको भनाइ छ। पालिका सम्मेलन र खबरदारी सभा सबै स्थानीय तहमा एकैसाथ अघि बढाउने तयारी गरिउको पनि उनको भनाइ छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *