सोमबार हुने (एनपिएल)को पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज खेल्दै

पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स आमनेसामने थिए ।

शनिबार दर्शकले भरिभराउ कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगरविरुद्ध जनकपुरले एकतर्फी जित निकाल्यो ।

उसले डेब्यू खेलमा विराटनगरलाई ८ विकेटले हराउँदै सम्झनलायक प्रदर्शन गरको थियो ।

जारी प्रतियोगितामा सोमबार दुईवटा खेल हुने तालिका छ ।

सोमबार हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने छन् ।
पहिलो खेल बिहान ९ बजे तथा दोस्रो खेल दिउँसो १ः१५ देखि सुरु हुने तालिका रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *