सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

८ मङ्सिर ।  आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय १५ रुपैयाँ रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *