नेपाली संगितमा मात्रै नभएर एसियामै नारायण गोपालका शुभचिन्तक छन् ः प्रकाश सायमी

प्रकाश सायमी एक नेपाली चलचित्र निर्देशक, लेखक र निर्माता हुन्। उहाँ एक स्वतन्त्र चलचित्र निर्माता हुनुहुन्छ र उहाँले हालसम्म छ वटा मुख्यधाराका नेपाली चलचित्रहरू निर्देशित गर्नु भएको छ ।

सन् १९८६ देखि उहाँले धेरै व्यावसायिक नेपाली चलचित्रहरूमा सहायक निर्देशक र पटकथा लेखकको रूपमा काम गरिसक्नु भएको छ ।
उहाँले सन् १९९३ मा निर्देशकको रूपमा पदार्पण गर्नुभएको हो ।

सन् २००८ मा प्रकाश नेपालको सङ्गीत रोयाल्टी समाजको उपाध्यक्षमा निर्वाचित भए जसको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सङ्गीतकारको प्रतिलिपि अधिकार सुरक्षित गर्नु रहको थियो । सायमीले मुम्बईमा चलचित्र निर्माणको विषयमा अध्ययन गर्नु भएको छ ।
लेखकको रूपमा उहाँले ११ भन्दा बढी नेपाली र अङ्ग्रेजी भाषामा पुस्तकहरू लेखसिक्नु भएको छ ।
जसमा चलचित्र कला र प्रविधिु, वर्षादी दिनहरूु, काठमाडौं सेल्फी  नेपाली सङ्गीतको एक शतकु, सङ्गीतको स्वर्णिम युगु, फिल्म निर्माण र निर्देशन गालिबको चिहान, अनन्त यात्रासंस्करण, रेस् सिनेमा अफ द म्यान (अङ्ग्रेजी) रहेका छन्।

उहाँले छ वटा नेपाली र एक मैथिली चलचित्र निर्देशित गर्नु भएको छ ।

जसम पृथ्वी सिमाना, अवतार, रानीखोला,जमिन र हतियार हंसा चलल परदेशु (मैथिली) रहेको छ ।

उहाँले नेपाली कविताहरू समेत रेकर्ड गर्नु भएको छ ।

उहाँ साहित्य चौतारीले आयोजनामा हुन लागेको नारायण गोपाल स्मृति साँझमा प्रमुख आतिथ्यता ग्रहण गर्न बिर्तामोड आउनु भएको हो ।

उहाँले गायक स्व. नारायण गोपाल सम्पूर्ण नेपालीका शिखर पुरुष रहेको बताउनुभयो ।

भेटका क्रममा कोशी दर्पणसंग संक्षित प्रतिक्रिया दिदै उहाँले नेपाली संगितमा मात्रै नभएर एसियामै नारायण गोपालका शुभचिन्तक रहेको बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *