प्रहरीले रवि लामिछानेलाई फेरि पोखरा पुर्‍यायो

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई फेरि पोखरा पुर्‍याएको छ । पर्सामा बयान सकिएपछि लामिछानेलाई हिजो काठमाण्डौ विमानस्थल हुँदै पोखरा पुर्‍याएको प्रहरीले जनाएको छ ।

सहकारी ठगीको आरोपमा कात्तिक २ गते पक्राउ गरेर पोखरा पुर्‍याइएका लामिछानेसँग प्रहरीले कास्की, रुपन्देही, चितवन, काठमाण्डौ र पर्सामा बयान लिइसकेको छ । लामिछानेमाथि सहकारी ठगीसहित सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दामा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कास्कीमा अनुसन्धान अन्तिम चरणमा पुर्‍याएर प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । सङ्गठित अपराधको अनुसन्धानका लागि ९० दिनसम्म हिरासतमा राख्न पाइने कानूनी व्यवस्था छ । लामिछानेकै आरोपसँग जोडिएका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको ९० दिन पुग्ने भएकोले पुस ६ गतेभित्र कास्की अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ । प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा अघि बढाउँछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *