झापा कपको दोस्रो क्वाटरफाइनमा इटहरीको राष्ट्रिय जागृति र भारतको जीटीए दार्जिलिङको खेल आज
काठमाण्डौ – प्रथम झापा कपको दोस्रो क्वाटरफाइनमा आज इटहरीको राष्ट्रिय जागृति र भारतको जीटीए दार्जिलिङ क्लब खेल्नेछन् । विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा दिउँसो दुई बजेपछि खेल शुरू हुने छ ।
यसअघि हिजोको पहिलो क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै सिरहाको सलहेश युवा क्लब सेमिफाइनलमा पुगेको छ ।
झापा–११ फुटबलको क्लबको आयोजनामा भइरहेको प्रतियोगिता यही पुस आठ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालका नौ र भारतको एउटा क्लबको सहभागिता छ ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।