अध्यक्ष ओलीद्वारा मिसन ०८४ सफल पार्नेगरी सक्रियता बढाउन एमालेका जनसंगठनलाई निर्देशन

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने बताएका छन् ।
गत फागुन देखि वैशाखसम्म महाधिवेशन गरेका जनसंगठनका पदाधिकारीहरूलाई संयुक्त रूपमा बधाई दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संगठन भित्र गुटबन्दी र बेठिक प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताएका छन् ।
प्रतिकुल अवस्थामा एमालेले सरकारको नेतृत्व गर्नु परेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले चारैतिरबाट सरकार पार्टीका विरुद्ध भइरहेका हमलाको प्रतिवाद गर्न जनसंगठन क्रियाशील हुनुपर्ने बताएका छन् ।
एमाले र नेतृत्वका विरुद्ध सञ्चालित सम्पूर्ण अफवाहलाई आफ्नो लोकतन्त्रप्रतिको निष्ठाले नै जवाफ दिइरहेको प्रधानमन्त्री ओलीले बताए । ‘५५ वर्ष अघि विभिन्न विचार समूहलाई एकगठ बनाएर एमालेको जग बसाइएको हो । अहिले एमाले फैलिएर जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको छ ’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रो लोकतन्त्रप्रतिको निष्ठामा कसैले प्रश्न नगरे हुन्छ ।’