अर्जुनधारा धाममा १९ जोडीको भव्य सामूहिक विवाह सम्पन्न, सामाजिक एकतामा नयाँ सन्देश

झापा । फागुन ३, अर्जुनधारा धाम आज एउटा ऐतिहासिक धार्मिक तथा सामाजिक उत्सवको साक्षी बन्यो, जहाँ विश्व हिन्दु परिषद् तथा अर्जुनधारा धामको संयुक्त आयोजनामा १९ जोडी वरवधुहरूको भव्य सामूहिक विवाह समारोह सम्पन्न गरिएको छ ।
धार्मिक परम्परा र सामाजिक समरसताको समिश्रणस्वरूप आयोजना गरिएको यस विवाह समारोहले सांस्कृतिक एकता र सहिष्णुताको भावना झल्काएको अर्जुनधारा जलेश्वर धामका प्रमुख अर्चक अग्निप्रसाद सिग्देलले बताउनु भयो ।
विवाह सम्पन्न गर्न ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । धामका गुरु सिग्देलले ब्रम्हा विवाहको बिधिबाट सामुहिक विवाह गरिएको जानकारी दिनु भयाे ।
विवाहका लागि धामले फारम नै तयार गरेको थियो । विवाहका लागि आव्हान नै गरेको धाममले वरवधुलाई एकसरो उपहारसमेत प्रदान गरेको छ ।
वरवधुले अभिभावकको अनुमती वडा र नगरको सिफारिस वा वरवधु नै राजिखुसी भएको प्रमाण पेश गरेपछि धामले विवाहका लागि स्वीकार गरेको हो ।
बेहुला र बेहुलीको परिवारको तर्फबाट १०-१० जना सहभागी हुन दिइएको छ । धामले सामुहिक रुपमा भोजन समेत गराएको छ ।
धामका अध्यक्ष गट्टानीका अनुसार विवाहको सम्पूर्ण खर्च धामले ब्यहोरेको छ ।
भव्य रूपमा सुसज्जित धाम परिसर जनसमुदाय, वैदिक मन्त्र उच्चारण र सांगीतिक प्रस्तुतिले गुञ्जायमान बनेको थियो ।
हाम्रो संस्कृति आफैंमा वैज्ञानिक, व्यावहारिक र मानवकल्याणकारी छ । यस्तो सामूहिक विवाहले न केवल धार्मिक आस्थाको प्रवद्र्धन गर्छ,तर आर्थिक रूपमा कमजोर वर्गलाई समेत सम्मानपूर्वक जीवन सुरु गर्न मद्दत र्पुयाउँछ । यो कार्यक्रम साँचो अर्थमा धर्म र समाज बीचको सेतु हो ।
अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानीले पनि कार्यक्रमको सफल बनाउन सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद दिदै, समाजमा एकता, सहकार्य र सादा जीवनको सन्देश फैलाउने उद्देश्यले विवाह महोत्सवको आयोजना गरिएको बताउनु भयो ।
आर्थिक सहजीकरण गरिब तथा विपन्न परिवारहरूका लागि विवाहको खर्च ठूलो बोझ हुनेगर्दछ। सामूहिक विवाहले यो चुनौती सहज बनाएको अर्जुनधारा जलेश्वर धामका अध्यक्ष गट्टानीले बताउनु भयो ।
समानता र समावेशिता सबै धर्म, जात, वर्ग, समुदायका जोडीहरू एउटै मण्डपमा विवाह बन्धनमा बाँधिनुले समाजमा सद्भाव र समावेशी दृष्टिकोण बलियो बनाएको छ ।
कुरीतिबाट मुक्ति दहेज प्रथा, दिखावटी खर्चजस्ता सामाजिक कुरीतिबाट मुक्ति दिलाउने प्रयासका रूपमा सामूहिक विवाह निकै प्रभावकारी बनेको सहभागी परिवारहरुले बताएका छन् ।