केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेकाे समयमा तीन घरमा लुटपाट

कचनकवल गाउँपालिका–४, केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेकाे समयमा तीन घरमा लुटपाट भएकाे छ। आइतबार राति करिब ९ बजेकाे समयमा सुनसानकाे फाइदा उठाउँदै लुटेराहरूले घरमा पसेर लाखाैंकाे धनमाल लुटेका हुन्।
लुटपाटमा पंडित प्रदीप भण्डारीकाे घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार नगद, टक खनालकाे घरबाट सुनकाे सिक्री र नगद २० हजार रुपैयाँ तथा लक्ष्मी चौहानकाे घरमा रहेका सामानहरू छरपस्ट पारी लुटेराहरू फरार भएकाे स्थानीयले जनाएकाे छन्।
घटनाकाे समयमा गाउँमा अष्टजाम संकीर्तनकाे भीडभाड रहेकाे र घरहरू सुनसान भएकाे कारण लुटपाट गर्न सजिलो भएकाे अनुमान गरिएकाे छ। स्थानीयवासीहरूका अनुसार लुटपाटपछि लुटेराहरू अन्दाज नलाग्ने गरी फरार भएका थिए।