#राजनीति #विचार #समाचार #समाज

तत्काललाई हट्यो सत्ता गठबन्धन फेरिने जोखिम

काठमाण्डाै – नेपाली कांग्रेसका दुई जना महामन्त्रीबाट केही दिनदेखि भइरहेको सरकारको आलोचना, नेकपा (माओjfदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार ढल्ने दाबी, राष्ट्र बैंकका गभर्नर नियुक्तिमा ढिलाइ लगायतका कारण चलेको सत्ता गठबन्धन फेरिने चर्चा तत्कालका लागि साम्य भएको छ ।

अस्ति मङ्गलवारदेखि सञ्चारमाध्यम, सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तत्कालै राजनीतिमा केही फरक हुँदैछ भनेर चर्चा चलेकोमा हिजो सत्ता गठबन्धन फेरिने सम्भावना बढेको चर्चा भएको थियो । तर मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता, हिजो बेलुका बसेको उच्चस्तरीय संयन्त्रको बैठक हुँदै आज बसेको कांग्रेस पदाधिकारी र कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको बैठकपछि सत्ता गठबन्धन फेरिने चर्चा हटेको हो ।

कांग्रेसको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको गति बढाउनुसँगै गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको जानकारी दिँदै सत्ता गठबन्धन फेरिने कुनै कारण नरहेको बताउनुभयो ।

बैठकमा पार्टी सभापति देउवाले प्रधानमन्त्री ओलीले गभर्नरको नाम दिन भनेका र आफूले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम दिएको जानकारी गराउनुभएको सहभागी नेताले बताएका छन् ।

यस्तै सभापति देउवाले शिक्षकको माग सम्बोधनको वातावरण बनाउन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासहित गृहमन्त्री रमेश लेखकलाई जिम्मेवारी दिँदै सरकारका कमजोरीबारे आफूलाई भन्न र आफूले प्रधानमन्त्रीलाई भन्ने भनेर नेताहरूलाई थामथुम पार्नुभएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *