नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध रहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाल र भारतबीच सांस्कृतिक मात्र नभइ राजनीतिक रुपमा पनि गहिरो सम्बन्ध रहेको बताउनुभएको हो । नेपाली काँग्रेसका संस्थापक नेताहरु, विपी कोईराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएर बस्नुपरेकाले नेपाल र भारतबीचको राजनीतिक सम्बन्ध महत्वपूर्ण रहेको बताउनु भयो ।
उहाँले धार्मिक, सांस्कृतिक पक्षबाट नेपाल र भारतबीचको सम्बन्ध झनै प्रगाढ बनेको बताउनु भयो । उहाँले नेपाल र भारतमा सबैभन्दा हिन्दु धर्मावलम्वीहरु भएकाले पनि सम्बन्ध बिस्तार भएको र बुद्ध धर्मका कारण पनि नेपाल र भारतबीचको सम्बन्ध उचाईमा पुगेको उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले नेपाल र भारत बीचको सम्बन्ध बिस्तारका लागि बनारसले शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । राजनीतिक रुपमा पनि नेताहरु प्रजातान्त्रिक आन्दोलन लगायतमा भारतमा बस्ने गरेको बताउनु भयो ।