#राजनीति #समाचार #समाज

विराटनगरमा अध्यक्ष ढकालले भने : पाथीभरा केबलकारको विरोध गर्नेहरू अहिले बनाउन आग्रह गरिरहेका छन्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

कोसी प्रदेशमा कानुन परिवर्तन भएपनि बाह्य र आन्तरिक लगानी गर्न चाहने लगानीकर्ताहरू सुरक्षित हुनुपर्ने उनले बताए।

विराटनगरमा उद्योग वाणिज्य महासंघ कोसीले आयोजना गरेको प्रदेशको आर्थिक अवस्था, लगानीको सम्भावना र चुनौती बारेमा आयोजित अन्तरसंवाद कार्यक्रममा ढकालले लगानी मैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानी भित्र्याउन अन्तर्राष्ट्रिय र आन्तरिक रुपमा प्रचारप्रसार गर्दै आएको भए पनि लगानीकर्ताहरू निरुत्साहित हुनुपर्ने अवस्था राज्यको तर्फबाट सिर्जना हुन नहुने बताए।

‘निजी क्षेत्रको लगानी तथ्यमा नआउँदासम्म कुनै पनि सम्मेलनले रिजल्ट दिँदैन’, उनले भने, ‘कोसीमा हुन लागेको लगानी सम्मेलनबाट पनि लगानी गर्न इच्छुक लगानीकर्तालाई लगानीको सहज वातावरण बनाउने अवसर सिर्जना गर्नु राज्यको दायित्व हो।’

Leave a comment

Your email address will not be published. Required fields are marked *