#राजनीति #समाचार

शाेक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाकाे पहिलाे बैठक सकियाे

काठमाण्डाै – राष्ट्रियसभाको १८औं अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । आज बसेको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो ।

लगत्तै अध्यक्ष दाहालले पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभयो । शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको छ । बोहराको गएको चैत १९ गते निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *