#समाचार #समाज

सिद्धार्थ बैंक शाखा बिर्तामोडद्वारा बिर्तामोड उद्योग बाणिज्य संघलाई डस्टविन बितरण

बिर्तामोड। सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले  बिर्तामोड उद्योग बाणिज्य संघलाई डस्टविन बितरण गरेको छ।
सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले सामाजिक उत्तरदायित्व वहन गर्दै ४५ थान डस्टविन बिर्तामोड उद्योग बाणिज्य संघलाई हस्तान्तरण गरेको हो।

सिद्धार्थ बैंक लिमिटेड  कोशी प्रदेश हेड सुवास श्रेष्ठ , बिर्तामोड शाखा प्रमुख  सुवास श्रेष्ठले   बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई  डस्टविन हस्तान्तरण गरेका थिए।

सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोडले प्रदान गरेको डस्टविन बिर्तामोड नगरलाई स्वच्छ सफा राख्न मद्दत पुग्ने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए।

उनले बिर्तामोडका बिभिन्न स्थानमा डस्टविन राखिने बताउँदै आगामी दिनमा पनि  सिद्धार्थ बैंकबाट यस्तै सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा सिद्धार्थ बैंक लिमिटेड  कोशी प्रदेश हेड सुवास श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिर्तामोड उद्योग बाणिज्य संघलाई डस्टविन बितरण गरेको बताए।

बिर्तामोड उद्योग बाणिज्य संघले गरेको सरसफाई अभियानमा साथ दिन आफूहरूले डस्टविन बितरण गरेको उनले बताए।

डस्टविन बितरण गरेकोमा  सिद्धार्थ बैंक लिमिटेड  बिर्तामोड शाखालाई  कदर पत्र प्रदान गरिएको कार्यक्रमको सहजीकरण बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए।

Leave a comment

Your email address will not be published. Required fields are marked *