#समाचार #समाज

सुनको मूल्यमा कीर्तिमान, एकैदिन ५७ सय रुपैयाँले बढ्यो

काठमाडौं । आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । विहीबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।

बुधबार प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।विहीबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।

यस्तै, आज चाँदीको मूल्य भने पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ । बुधबार चाँदी पतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *