#विचार #शिक्षा #समाचार

आन्दोलनरत शिक्षकहरूले आज पनि काठमाण्डौमा प्रदर्शन गरे

काठमाण्डाै – आन्दोलनरत शिक्षकहरूले आज पनि काठमाण्डौमा प्रर्दशन गरेका छन् । चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज पनि प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासङ्घले सरकारसँग वार्ता र आन्दोलनलाई सँगसँगै अघि बढाइरहेको छ ।

यसैबीच शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा गठित उपसमितिले आन्दोलनरत शिक्षकहरूको विषय विधेयकको विषयवस्तु रहेको भन्दै आन्दोलनबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

विद्यालय शिक्षासम्बन्धी विधेयकका लागि गठित उपसमितिका संयोजक छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयक सर्वाधिक चर्चाको विषय बनेको र शिक्षकहरूका मागहरू सम्बोधन गर्न सरकार सकारात्मक रहेकाले आन्दोलनबारे पुनर्विचार गर्न आग्रह गरेको बताउनुभयो ।

उपसमितिले विधेयकका १६३ वटा दफामध्ये अहिलेसम्म ८२ वटा दफामा छलफल गरेर निष्कर्षमा पुर्‍याएको दाबी गर्दै उहाँले शिक्षा विधेयक समयानुकूल बनाएर जाने कुरामा समिति गम्भीर रहेको बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *