उज्यालो इडन बाल क्लबको अध्यक्षमा न्यौपाने

उज्यालो इडन बाल क्लबको ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष हर्षित दंगालको अध्यक्षतामा भएको साधारण सभामा सचिव आयुश न्यौपानेले ८१ सालको प्रगति विवरण र कोषाध्यक्ष सन्ध्या सिटौलाले आर्थिक विवरण पेश गरेका थिए । उक्त अवसरमा मन्तव्य राख्दै फोकल पर्सन गीताराम आचार्यले विविध रचनात्मक कार्यक्रम गर्दै क्लब अघि बढिरहेको बताए । यसैबीच क्लबको नयाँ कार्यसमितिको अध्यक्षमा आयुष न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
१५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा विजेता सुब्बा, सचिवमा सन्ध्या सिटौला, सह-सचिवमा प्रिजम प्रसाईं र कोषाध्यक्षमा जेनिशा शासंकर चयन भएका हुन् ।
त्यस्तै संरक्षकमा मोहन आचार्य तथा सल्लाहकारमा हर्षित दंगाल र खेमराज शर्मालाई चयन गरिएको छ ।