#अन्य #समाचार #स्थानीय तह

कनकाई वडा नम्वर ७ को आयोजनामा ५ दिने महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिम सम्पन्न

कनकाई वडा नम्वर ७ को आयोजनामा ५ दिने महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिमको आज समापन गरिएको छ ।

कनकाई स्थित वडा नम्वर ७ को सभाहलमा आयोजित तालिम बैशाक २२ गतेबाट २६ गते सम्म सञ्चालन भएको हो । महिलाहरुका लागि आयमूलक तथा क्षमता बिकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको वडा नम्वर ७ की कार्यवाहक वडाध्यक्ष अरुणा सुब्बाले बताउनु भयो ।

वडा सदस्य निर्मल आङथुपोले स्वागत गरेको कार्यक्रममा कनकाई नगरपालिकाकी उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिमको सहजीकरण पत्रकार मोफसल अनलाइनका प्रबन्ध निर्देशक तथा कोशी दर्पणका समाचार प्रमुख भरत प्रसाई तथा सञ्चारकर्मी निराजन निरौलाले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख अतिथी समेत रहनु भएकी आशा शर्मा शिवाकोटीले महिलाहरु आफ्नो

व्यतित्व बिकास गर्न इच्छा शक्ति जागृत गर्नु पर्ने बताउनु भयो । उहाँले नगर र वडाले ल्याएका कार्यक्रममा महिलाको सहभागिता न्यून देखिनु अनि महिलाको लागि कार्यक्रम भएन भनि गुनासो गर्नु उचित नभएको बताउनु भयो ।

तालिमका प्रशिक्षक प्रसाईले तालिम सिकाईको थालनी मात्रेै भएको बताउदै निरन्तर अभ्यास गरीरहन प्रशिक्षर्थीहरुलाई आग्रह गर्नु भयो । उहाँले महिलाहरुको क्षमता विकासमा यस किसिमका तालिम प्रभावकारी हुने बताउनुभयो ।

नम्वर ७ की कार्यवाहक वडाध्यक्ष अरुणा सुब्बाकाे अध्यक्षतामा सम्पन्न तालिममा  वडा  नम्वर ७ भित्रका  ११ टाेलबाट  २ जना गरि २२ जनको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा नम्वर ७ की वडा सदस्य सावित्रा सार्की,भगन टुडु सतार,  टोल बिकास समिति ४ का अध्यक्ष कमल न्यौपाने , टोल बिकास समिति ८ का भक्त बहादुर तामाङ, टोल बिकास समिति ९ का अध्यक्ष भटेश्वर शिवाकोटी, पत्रकार चन्द्र बस्नेत, वडा नम्वर ६ टोल बिकास समितिका अध्यक्ष लोकनाथ रिजाल लगायतको उपस्थिती रहेको थियो ।

स्थानीय समाजसेवी विश्वपुरुष बास्कोटाले विशेष सहजीकरण गर्दै कार्यक्रम सम्पन्न गर्न विशेष भुमिका खेल्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी बविता लुवागुनले गर्नु भएको थियो ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *