कोटीहोममा निरौला बन्धुको पुराण

बिर्तामोड। निरौला बन्धु सेवा समाज केन्द्रीय कार्यसमिति कनकाइ -४ कोटीहोमको आयोजनामा श्रीस्कन्ध महापुराण नवाह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ।
निरौला बन्धु सेवा समाज केन्द्रिय कार्यालय कोटिहोम माईधारमा
गत चैत्र १७ गतेबाट शुरू भएको महायज्ञ आगामी चैत्र २४ गते रामनवमीको दिन समापन गरिने निरौला बन्धु सेवा समाजका बरिष्ठ उपाध्यक्ष लक्ष्मी निरौलाले जानकारी दिए।
महायज्ञको व्यासाचार्य पंडित कुमार निरौलाले प्रमुख कथावाचन गरिरहेका छन् भने उपवाचकमा पंडित ईश्वर निरौला र पंडित गोविन्दप्रसाद निरौला रहेका छन् ।
कलस यात्रा गरी शुरू भएको महायज्ञमा हरेक दिन पाठपारायण, कथा बाचन भइरहेको छ भने हरेक साँझ महात्म्य, भजन किर्तन, ज्ञानमञ्चलगायतका कार्यक्रम सञ्चालन भइरहेको महायज्ञ प्रचार प्रसार संयोजक समेत रहेका बरिष्ठ उपाध्यक्ष लक्ष्मी निरौलाले जानकारी दिए।
महायज्ञको समापन आगामी चैत्र २४ गते रामनवमीको दिन गरिने र उक्त दिन सामूहिक ब्रतबन्ध, गुन्यौचोली,अन्नप्राशन छेवरलगायतका कार्यक्रमसहित महायज्ञ समापन गरिने उनले बताए।
महायज्ञको समापनको दिन आगामी चैत्र २४ गते संस्था स्थापनादेखि हालसम्म पुराण वाचन गर्ने व्यासाचार्य गुरुहरूलाई सम्मान समेत गरिने उनले बताए।