कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा ७० विद्यालयको सहभागिता

बिर्तामोड । भरत भाबुक प्रसाई, झापाको बिर्तामोड स्थित देवी मा.विमा कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान प्रविधि विभागको आयोजनामा बिर्तामोड–५ स्थित देबी माबिमा आगामी जेठ २४, २५ र २६ गते हुने कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा भएको नेकपा एमाले कोशी प्रदेश कमिटी विज्ञान प्रविधि विभागका प्रमुख गणेश पोखरेलले बताउनु भयो ।
उहाँले कोशी प्रदेश भरीका ७० भन्दा बढी बिद्यालयहरुको सहभागिता रहने बताउनु भयो । झापा सहित छिमेकी जिल्ला इलाम, पाँचथर सहित भारत बाट पनि प्रर्दशनी अवलोकन गर्न आउने अपेक्षा गरिएको प्रमुख पोखरेलले बताउनु भयो ।
उहाँले नेकपा एमाले नागरिकहरुलाई विज्ञान र प्रविधिमा भएको प्रगति बताउर्दै ,नागरिकहरुको जीवनस्तर उकास्न विज्ञान प्रविधी प्रर्दशनीको आयोजना गरिएको बताउनु भयो ।
उहाँले यस प्रविधी प्रर्दशनीलाई सम्पन्न गर्न ४४ लाख ५० खर्च लाग्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी विज्ञान प्रविधि विभागका प्रमुख गणेश पोखरेलले कोशी प्रदेश स्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको अहिलेसम्मको तयारी बारे जानकारी गराउनु भएको थियो ।
पत्रकार सम्मेलन नेकपा एमाले कोशी प्रदेश कमिटी विज्ञान प्रविधि विभागका प्रमुख गणेश पोखरेलको अध्यक्षता तथा नेकपा एमाले कोशी प्रदेश ईञ्चार्ज शेरधन राईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
उहाँले कोशी प्रदेश स्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको मुख्य प्रायोजन एनसेलले गर्ने बताउँदै अहिलेसम्म अधिकांश स्टलहरु निर्माण र बुकिङ भइसकेको र एलइडीसहितको स्टेजबाट प्रदर्शनी देखाइने बताउनु भयो ।
उहाँले रोवटिक एसोशिएसनले रोवर्ट प्रदर्शनी गर्ने , राम लक्ष्मण इनोभेशन प्रालिले भोटिङ मेसिनसहित ७० प्रकारका मेसिनको प्रदर्शनीसहित जानकारी गराउने जानकारी दिनु भयो ।
प्रदर्शनीमा काठमाडौंको मेगा, एम्बिशन, नेपाल इन्जिनियरिङ कलेजका कलेजले स्टेज बुकिङ गरिसकेको र अरूहरूले पनि स्टेज बुकिङ गर्नेक्रम जारी रहेको विभागका प्रमुख पोखरेलले जानकारी दिनु भयो ।
कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा एसईईदेखि कक्षा १२ सम्मका विद्यार्थीको सहभागिता रहने उहाँले बताउनु भयो । प्रदर्शनीको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुने भएको छ ।
अहिलेसम्म कोशीका १२ वटा जिल्लाका ७० वटा विद्यालयले सहभागिता जनाउने प्रतिबद्धता जनाएको र अन्यसंग कुरा भइरहेको उहाँको भनाइ छ ।
कोशीको प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय प्रदर्शनीमा सहभागी गराउने बताउँदै उहाँले ५ सय विद्यार्थीले प्रतिस्पर्धामा भाग लिने जानकारी दिनुभयो ।
विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने र अन्य २५ वटा प्रदर्शनीलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने विभाग प्रमुख पोख्रेलले जानकारी दिनु भयो ।
तीन दिनमा एक लाख बिद्यार्थीहरुले विज्ञान प्रदर्शनीको अवलोकन गर्ने र उनीहरूले एआईसहित अन्तरिक्ष विज्ञान समेतको अध्ययन र अवलोकन गर्ने विभाग प्रमुख पोख्रेलको भनाइ छ ।
कार्यक्रम सम्पन्न गर्न ४४ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको बताउंदै उनले प्रदर्शनीस्थलमा २० वटा व्यावसायीक शैक्षिक स्टल राखिने र उनीहरूबाट १ लाखका दरले शुल्क लिइने र कार्यक्रमका लागि अपुग रकम दाताहरुबाट सहयोग लिइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदर्शनीस्थलमा अन्य सहभागी विद्यालयलाई निःशुल्क स्टल उपलब्ध गराउने भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले कोशी प्रदेश ईञ्चार्ज शेरधन राईले नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा बिर्तामोडमा हुने प्रदर्शनी ऐतिहासिक प्रदर्शनी भएको बताउनु भयो ।
विज्ञान तथा प्रविधि क्षेत्रविना मुलुकमा समृद्धि नआउने भएकाले विज्ञान तथा प्रविधि सम्बन्धि खोज तथा अनुसन्धान गर्न प्रदर्शनी फलदायी हुने उहाँको भनाइ छ ।
उहाँले यो प्रदशनी सबैको साझा भएकाले सहभागि हुन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन विभागका सदस्य लक्ष्मीप्रसाद बांस्कोटाले गर्नुभएको थियो ।