#खेलकुद #समाचार #समाज

चितवनलाई हराउँदै काठमाण्डाै तेस्राे स्थानमा

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाण्डौ रेजर्स एफसीले एफसी चितवनलाई हराएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाण्डौले चितवनलाई २–० गोलले हरायो । काठमाण्डौको जीतमा बाकारी माने र अमादोउ डियोपले गोल गरे ।

यो जीतसँगै काठमाण्डौ ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चितवन ५ खेलमा ७ अङ्कसहित चौथो स्थानमा छ । यस्तै एनएसएलमा अहिले बेलुकी ६ बजे दोस्रो स्थानको धनगढी एफसी र छैटौं स्थानको झापा एफसी खेल्दैछन् ।

तेस्रो संस्करणको एनएसएल फुटबलमा ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन गरी सात टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ ।

 

अन्तिम अपडेट: बैशाख १, २०८२

Leave a comment

Your email address will not be published. Required fields are marked *