झापामा करेन्ट लागेर अर्को हात्ती मर्यो

बिर्तामोड । झापाको कमल गाँउपालिका-३ गएराति करेन्ट लागेर जङ्गली हात्ती मरेको छ ।
स्थानीय रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर जङ्गली हात्ती मरेको हो । बिजुलीको फलामको पोलमा धकेल्दा हाईटेनसन तारमा पर्न गई हात्तीलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घटनास्थलमै हात्ती मरेको प्रहरीले जनाएको छ । करेन्ट लागेर हात्तीको सुड र एउटा दारा जलेको अवस्थामा भेटिएको थियो ।