#खेलकुद #राजनीति #समाचार

प्रधानमन्त्री ओलीद्वारा पदक विजेता टेबिल टेनिस खेलाडीलाई बधाई

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एशियाली युथ टेबल टेनिस प्रतियोगिता’ मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उहाँले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुभकामना दिनुभयाे ।

अखिल नेपाल टेबल टेनिस सङ्घले गएको अप्रिल २४ देखि २७ सम्म काठमाण्डौमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित नेपालले १२ वटा पदक जितेको थियो ।

प्रतियोगिताको १९ वर्षमुनिको ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक जितेको थियो ।

प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस खेल्न लगाई अवलोकनका साथै उनीहरूसँग आफूूले पनि केहीबेर खेलेर प्रोत्साहन गर्नुभएको थियो ।

साथै ओलीले उत्कृष्ट र सहभागी खेलाडीहरूलाई आफ्नो तर्फबाट आकस्मिक रूपमा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *