#शिक्षा #समाचार #समाज #सूचना प्रविधि #स्थानीय तह

प्रेस चौतारी झापाद्वारा ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी गरेको छ ।

अग्रज पत्रकार, समवेदना कार्यक्रमका प्रस्तोता शिरो सान्दाई खतिवडालाई सुन्दै कार्यक्रमको थालनी गरिएको हो ।

नयाँ पुस्तालाई अग्रजहरुबाट प्रेरणा प्रदान गर्ने , अनुभव सुनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
प्रेस चौतारी झापाले ३÷३ महिनामा जिल्लाका अग्रजहरुको अनुभव सुन्ने कार्ययोजना बमोजिम आज पहिलो अग्रजको रुपमा खतिवडाको अनुभव सुनेको झापा शाखाका अध्यक्ष प्रदिप परियारले जानकारी दिनुभयो ।

अग्रज पत्रकार खतिवडा कञ्चनजंगा एफएमबाट प्रशारण हुने समवेदना कार्यक्रमका प्रस्तोता हुनुहुन्छ ।

समवेदना कार्यक्रमको प्रस्तोताका रुपमा पहिचान बनाउन सफल उहाँले १८ वर्ष उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

बिबिसीले समेत विश्व मै फरक किसिमको कार्यक्रम ९समवेदना० सञ्चालन गरेको भन्दै खोजमुलक समाचार प्रकाशन गरेको खतिवडाले अनुभव सुनाउनुभयो ।

तीन दशक प्राध्यापन पेशामा सक्रिय खतिवडाले पत्रकारितासँगको आफ्नो सम्बन्ध, समवेदना कार्यक्रम सञ्चालनका स्मरणहरु सुनाउनु भएको छ ।

जिवित मान्छेहरुको समेत निधन भएको खवर समवेदना मार्फत प्रशारण भएका घटना र त्यसपछि आइपरेका समस्याहरुको बारेमा समेत जानकारी गराउनुभयो ।

ती घटनाहरुका कारण सूचनाको जाँच गर्नुपर्ने कुरामा आफू सचेत भएको बताउनुभयो ।

झापाको शान्तिनगर क्षेत्र, प्राध्यापन पेशा र मिडिया क्षेत्रसँग जोडिएको विषयहरुलाई सारमा राख्नु भएका खतिवडाले दुई वर्षदेखि समवेदनाहरु प्रशारण गर्न नपाएकोमा दुख व्यक्त गर्नुभएको छ ।

उहाँले समवेदना कार्यक्रम कै कारण सामाजिक रुपमा सम्बन्धहरु विस्तार भएको, मानसम्मान पाएको बताउनुभयो ।
मिडिया क्षेत्रमा मेहनत र लगनशिलताको आवश्यकता भएको बताउँदै नयाँ पुस्ताहरुले मिडिया मार्फत समाजलाई योगदान गर्न आएकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

पत्रकार महासंघको निर्वाचनमा मात्रै मलाई बोलाइन्छ, अन्य कार्यक्रमहरुमा वास्ता छैन , उहाँले थप्नुभयो – प्रेस चौतारीको औपचारिक कार्यक्रममा पहिलो पटक सहभागी भएको छु ।

उहाँले चौतारीले सुरु गरेको अग्रजलाई सुन्ने कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिनुभयो ।

पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानले अग्रजलाई सुन्ने कार्यक्रमले पुराना पत्रकारहरुको सिकाई तथा अनुभवहरु नयाँ पत्रकारले प्रत्यक्ष रुपमा सुन्न पाएको बताउनुभयो ।

उहाँले यो कार्यक्रम मार्फत पुस्ताबीचको दुरी घटाउन मद्दत पुग्ने बताउनु भएको छ । अग्रज पत्रकार खतिवडाको अनुभवले नयाँ पुस्तालाई प्रेरणा मिल्ने न्यौपानेको धारणा थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *