#खेलकुद #समाचार #समाज #स्थानीय तह

बिर्तामोडमा ‘प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता’ हुने

बिर्तामोड, २८ चैत : बिर्तामोडमा ‘प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ । वडा खेलकुद विकास समिति बिर्तामोड १ को आयोजनामा चैत्र ३० र ३१ गते प्रतियोगिता हुने भएको हो ।

वडा नम्बर १ को कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै  आयोजक समितिका अध्यक्ष केशब पोख्रेलले विश्वभर व्याडमिन्टन खेलको क्रेज बढ्दै गएकोले बिर्तामोडमा प्रथम वार्डस्तरीय प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।

उहाँले प्रतियोगितामा बिर्तामोडका १० वटै वडाबाट खेलाडी सहभागी हुने जानकारी दिनु भयो ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडी २ जनाको उमेर जोड्दा ९० अनिवार्य हुनु पर्ने छ । अन्यथा सहभागी हुन पाइने छैन ।

प्रतियोगिता वडा नम्बर ३ स्थित मेहरमान प्रतिष्ठानको कभर्डहलमा विहान ८ बजेदेखि हुनेछ । प्रतियोगिताको विजेता पहिलो, दोश्रो र तेश्रोले क्रमस नगद २०, १० र ५ हजारसहित मेडल तथा ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विषयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केशब पोख्रेल, उपाध्यक्ष सोमन्ता कार्कीलगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *