#राजनीति #विचार #समाचार

माधव नेपालमाथि भ्रष्टाचार मुद्दाबारे प्रचण्ड– ‘प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो’

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको मुद्दा दायर हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रतिशोधको गन्ध आएको टिप्पणी गर्नुभएको छ ।

आज संसद् भवन परिसर नयाँ बानेश्वरमा पत्रकारहरूसँग बोल्दै अध्यक्ष प्रचण्डले अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएको अनि अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको प्रतिक्रिया दिनुभएको हो ।

यस्तै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्ष नेपालको मुद्दाबारे आफूलाई फोन गरेर सोधेको भन्दै आफू आश्चर्यमा परेकाे बताउनुभयाे ।

नेपालविरुद्ध हिजो विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको हो । पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *