रसुवागढी नाकाबाट साढे सात केजी सुन बरामत

रसुवा।
रसुवागढी नाकाबाट साढे सात केजी सुन प्रहरीले वरामत गरेकाे छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख हेम वहादुर शाहीका अनुसार गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुवेसिका किशोर भुजेलले चलाएको बा ४ ख नम्बरको कन्टेनरमा स्याउ वाेकेर काठमाडौ जाँदै गर्दा शंखा लागेर प्रहरीले चेकजाँच गर्दा अन्दाजी साढे सात केजी सुन जस्तो देखिने पहेँलो घातु वरामत गरेकाे हो।
सुन हाेकि पहेँलो धातु हो भनेर जाँच गर्ने र एकमुष्ट कति केजी हो भनेर यकिन गर्न तौलिने काम भइरहेको र यस विषयमा थप अनुसन्धान गर्न राजस्व विभाग मा पटाइने प्रहरी प्रमुख शाहीले जानकारी दिए।