#राजनीति #समाचार

राजनीतिक आस्थाकै कारण मानिस पक्राउ गर्दै जाने हो भने राप्रपा विद्रोहमा जान्छ : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले  सरकारले संविधानको धारा १७, २७० र २७४ को निरन्तर उल्लंघन गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले रवीन्द्र मिश्रलगायतलाई विचारकै आधारमा अपमानपूर्वक प्रहरी खोरमा राखेको आरोप लगाए ।

उनले  राजसंस्था मान्छु, हिन्दु राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारण उनीहरूलाई अपमानपूर्वक खोरमा राखेको बताए । राजनीतिक आस्थाकै कारण एकपछि अर्काे मानिसलाई पक्राउ गर्दै जाने हो भने  आफूहरू विद्रोहमा जान बाध्य हुने चेतावनी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *