#शिक्षा #समाचार #समाज

विपन्न परिवारका छात्रालाई आवश्यक सामग्री प्रदान

कनकाई, १९ असार । हेफर प्रोजेक्ट नेपालको आयोजना तथा अभियान नेपालको सहकार्यमा कनकाईका विपन्न परिवारका छात्रालाई विद्यालय जाँदा चाहिने आवश्यक सामाग्री वितरण गरेको छ । हेफर प्रोजेक्ट नेपालले बुधबार कनकाई नगरपालिकास्थित नगर प्रमुखको कार्यकक्षमा समूहमा आबद्ध महिलाका छोरीहरुलाई शिक्षा आर्जनमा सहजता ल्याउने उद्देश्यले ती सामग्री वितरण गरेको हो ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षमा भएको कार्यक्रममा नगर उप–प्रमुख आशा शर्मा शिवाकोटी, शिक्षा शाखा प्रमुख राजकुमार ओडारी,हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत विकास केसी, अभियान नेपालका कार्यक्रम संयोजक केशव खनाल, सहजकर्ता सरोज ढुंगाना, सामाजिक परिचालिका अञ्जु सिग्देल लगायतले सामग्री वितरण गर्नुभएको थियो ।

कार्यक्रममा जेहेन्दार १३ जना छात्राहरुलाई ब्याग, डट पेन, पेन्सिल, कपि, इरेजर, साप्नर, ड्रोइङ्ग, कलर सेट, ड्रेस, जुत्ता, मोजा सहित प्रति व्यक्ति १२ हजार बराबरको सामाग्री वितरण गरिएको कार्यक्रम अधिकृत केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख पोखरेलले सबैको साथ–सहयोगले शिक्षालाई सुधार गर्न सकिने बताउनुभयो । ‘हेफरसँग ज्ञान, सीप र पुँजी छ नगरपालिकासँग पनि ज्ञान, सीप र पुँजी छ यसको सहि सदुपयोग गर्दै सबैको सहयोगमा शिक्षा क्षेत्रको सुधार गर्दै सबैले शिक्षा पाउने वातावरण निर्माण गर्न नगरपालिका लागिपरेको छ’, उहाँले भन्नुभयो ।

शिक्षा क्षेत्रमा साढेतीन दशकभन्दा बढी समय अनुभव समालिसक्नुभएकी उप–प्रमुखको साथ पाएसँगै शिक्षामा सकारात्मक परिवर्तनका लागि निरन्तर अघि बढिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले नानी बाबुहरुको पहिलो पाठशाला घर र पहिलो गुरु आमा बुबा नै हुने भन्दै असल संस्कारको सुरुवात घरबाटै हुने बताउनुभयो । विद्यार्थीलाई किताबी मात्र नभई व्यावसायिक शिक्षा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । नगरपालिकाले समेत शिक्षा क्षेत्रको विकासका लागि विभिन्न योजना बनाएर काम गरिरहेको उहाँले बताउनुभएको थियो ।

नेपालमा करिब २८ प्रतिशतभन्दा महिलाहरुले उच्च शिक्षा हासिल गर्ने गरेको र गरिबी तथा अशिक्षाका कारण अन्य दिदीबहिनीहरु अझै पनि उच्च शिक्षाबाट बञ्चित भएको भन्दै हेफर प्रोजेक्ट नेपाल र कोरियाले गर्ल चायल्ड एजुकेसन प्रोग्राम अन्तर्गत समूहमा आबद्ध नगरभरिका महिला दिदीबहिनीहरुका १३ छोरीलाई विद्यालय जाँदा चाहिने सम्पूर्ण आवश्यक सामग्री वितरण गरेको हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत विकास केसीले जानकारी दिनुभयो ।

समुहमा आवद्ध महिला दिदीबहिनी हरुका सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि स्थानीय स्तरका विभिन्न विद्यालयमा सहयोग गर्दै आएको अभियान नेपालका कार्यक्रम संयोजक केशव खनालले जानकारी दिनुभयो ।

हेफर प्रोजेक्ट नेपालले सामाजिक गतिविधिसँगै अभियान नेपाल शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपन्क्षिको क्षेत्रमा समेत महत्वपूर्ण कार्यक्रम संचालन गर्दै आएको अभियान नेपालकि सामाजिक परिचालिका अन्जु सिग्देल बताउनुभयो ।उहाँले विपन्न वर्ग र समुदायका ग्रामिण क्षेत्रका वालवालिकालाई समेत शिक्षाप्रति थप आकर्षण बढाउँन विद्यालय जादा आवश्यक पर्ने सम्पूर्ण सामाग्री वितरण गरेको दोहोर्‍याउनुभएको थियोे ।

यता विद्यालय शैक्षिक सुधारको कार्यक्रममा ग्रामिण क्षेत्रमा रहेर विभिन्न समस्यालाई सहज बनाउँने शिक्षामा सुधार ल्याउन नगरपालिका सहित हेफर प्रोजेक्ट नेपालले गरेको सहयोग प्रती अभिभावकहरु समेत खुशी भएका थिए ।

अभियान नेपालका सहज कर्ता सरोज ढुंगानाले स्वागत गरेको कार्यक्रमको औचित्य माथी प्रकाश हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत विकास केसीले पार्नु भएको थियोे भने कार्यक्रमको सञ्चालन अभियान नेपाल कनकाईका लागि कार्यक्रम संयोजक केशव खनालले गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *