संगीत साधना कला केन्द्रले मनायो २२ औं वार्षिक उत्सव

कनकाई,
झापाको कनकाई ३ सुरुङ्गामा रहेको संगीत साधना कला केन्द्रले आफ्नो २२औं वार्षिक उत्सव मनाएको छ।
२२ वर्ष अगाडि स्थापना भएको कला केन्द्रले शनिबार आज कनकाई ३ सुरुङ्गामा रहेकोे लाईन्स क्लब अफ कनकाई सुरुङ्गाको भवनमा संगीत साधना कला केन्द्रले आफ्नो २२औं वार्षिक उत्सव मनाएको हो।
संगीत साधना कला केन्द्रकी अध्यक्ष तुलसा पाठकको सभापत्तित्वमा आयोजित वार्षिक उत्सव कार्यक्रममा शास्त्रीय संगीत गुरु कुशेस्वर राईको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले हाम्रो जीवनका लागि संगीत अति आवश्यक रहेको, संगीतकै कारण मानिसमा अनेक दु:ख पीडा विर्सने भन्दै रोगबाट वचन पनि संगीतमा रम्नु पर्ने बताउनुभयो ।
उहाँले हामी जतिसुकै थाकेपनि गले पनि कहीं कतै संगीतमय विभिन्न कार्यक्रम भईरहेको छ भने त्यसमा आफुपनि सहभागी भईयो भने ती सबै दु:ख र थकान मेटिने दाबी गर्नुभयो ।
उहाँले कुनै पनि विद्यालय खोल्नु ठूलो कुरा नभएपनि त्यसलाई समाजमा टिकाई निरन्तरता दिनु नै ठूलो कुरा भएको बताउदै यस सुरुङ्गाको गहनाको रुपमा रहेको कला केन्द्रको र यसका सन्चालक समितिको खुलेर प्रसंङ्सा गर्नुभएको थियोे ।
कार्यक्रममा साधना कला केन्द्रका सन्चालक धुर्व पाठकले कला केन्द्र स्थापना देखि अहिलेसम्मका भए गरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियोे ।
उहाँका अनुसार २२ वर्ष अगाडि स्थापना भएको विद्यालयमा हाल विभिन्न विधामा ८१ नानी वावुले संगीत सिक्दै आएको १५ जनाले मात्रै तबेला सिक्दै गरेको बताउनुभएको थियोे ।
कार्यक्रममा गायक तथा संगीतकार टीका भण्डारी , अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले साधना कला केन्द्रले कनकाई सहित छिमेकी पालिकाकाहरु बाट समेत नानी बाबुहरुलाई पढाइ संघ-संघै संगीतका माद्यम बाट पनि अगाडी बढाईरहेकोमा खुशी प्रकट गर्दै निरन्तरताको कामना गर्नुभएको थियोे ।
कार्यक्रम सभाध्यक्ष तुलसा पाठकले अन्य विद्यालय भन्दा संगीत विद्यालय सन्चालन गर्न धेरै कठिनाई रहेपनि स्थानीय सरकार कनकाई नगरपालिका प्रमुख उप प्रमुख सहित वडागत जनप्रतिनिधि , स्थानीय अग्रज व्याक्तित्त्व, शिक्षा सेवि , साहित्यकार ,संगीतकार , सम्पूर्ण सुभ चिन्तक , अबिभावक तथा प्रशिक्षार्थी सबैको सहयोगले सहज ढंगबाट निरन्तर सन्चालन भईरहेको जानकारी गराउनुभएको थियोे ।
उहाँले दाताहरूको सहयोगमा १ करोडको अक्षकोष स्थापना गर्ने लक्ष रहेकोे र हाल विभिन्न दाताहरूबाट ४ लाख ६० हजार बढी कोषमा जम्मा भएको बताउदै नगर भरिका प्राथमिक तह,आधारभूत तह,माद्यामिक तह नगरमा प्रथम हुने नानी बाबू, त्यसैगरी कनकाई तारामा प्रथम तथा द्वितीय हुने, नगर प्यावसनमा प्रथम हुने, मेरि गोल्ड तारा, नगरका फरक क्षमता भएका, दलित अपाङ्गता भएका १० जना भन्दा बढीलाई प्रतेक वर्ष निशुल्क सिकाईदै आएको जानकारी गराउनुभएको थियोे ।
यसैबीच सोही कार्यमकाबीच भजन गायक दुर्गा ओलीलाई सम्मान गरिएको छ।संगीतको माद्यामबाट सबैलाई गाउन नचाउन सक्ने खुबी भएका कनकाई ३ निवासी ओलीलाई कला केन्द्रको २२औं वार्षिक उत्सवको अवसर पारेर नगद सहित प्रमाणपत्र र दोसल्ला ओडाएर पुरस्कृत एवम् सम्मान गरिएको थियोे ।
कार्यक्रममा सोही संगीत साधना कला केन्द्रकी वालिका स्मारिका गुरगाईले गाएको गित “मेरी आमाको मायामा बाचेकी म” बोलको गितको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियोे। कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि ,सन्चालक लगायतले उक्त म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो।
कार्यक्रममा कनकाई वडा न ३ का अध्यक्ष युवराज चौलागाईं , ६ का अध्यक्ष लक्ष्मी प्रसाद ओली, गायक तथा संगीतकार हरु टीका भण्डारी , खगेन्द्र सिटौला , अग्रज पत्रकार चन्द्र भण्डारी , प्राज्ञ पवन राजवन्शी , लाईन्स क्लब अफ सुरुङ्गा सस्थापक अध्यक्ष लिला प्रसाद चिमरिया नगर भरी रहेका विभिन्न संघ-सस्थाका प्रमुख तथा प्रतिनिधि , विभिन्न विद्यालयका प्रधानध्यापक तथा शिक्षक प्रतिनिधि ,जिल्लाका विभिन्न संगीत विद्यालयका सन्चालक सहित २ सय बढीको उपस्थिति रहेको थियोे ।
नानी वावुहरुबाट स्वागत गित नृत्य साहित २२ वटा प्रस्तुति समेत प्रस्तुत गरिएको कार्यक्रमको सन्चालन कला केन्द्रका सचीव दिलिप खतिवडा र सह-सचीव लोकनाथ भट्टराईले संयुक्त रुपमा गर्नुभएको थियोे ।