#राजनीति #समाचार #समाज

संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य हुँदैन : गृहमन्त्री लेखक

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य नहुने बताउनुभएको छ ।

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन गर्दै उहाँले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने विषयमा कसैसँग सम्झौता नहुने पनि बताउनुभयो । साथै उहाँले अपराधमा संलग्न कसैलाई पनि नछाड्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजका हरेक क्षेत्रमा देखिएको विकाससँगै चुनौती पनि थपिएकाले त्यसतर्फ सुरक्षा निकायको विशेष ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीसहित नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख निर्देशक हुतराज थापा, कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *