#राजनीति #समाचार #समाज

संविधान विरोधी गतिविधि स्वीकार्य हुँदैन- गृहमन्त्री लेखक

काठमाडौं ५ बैशाख । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने हुने संविधान विरोधि गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताएका हुन्।

वर्तमान संविधान ठूलो बलिदानीपूर्ण संघर्षबाट प्रप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँहरू तयार हुनुपर्ने बताए।

वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उनको भनाइ छ। नेपालमा सात दशककको अन्तरालमा सातवटा संविधान बनेको उल्लेख गर्दै मन्त्री लेखकले पटकपटक संविधान बन्नु राम्रो नभएको बताए।

संविधान भित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइने बताउँदै उनले संविधान विरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्ने जस्ता अराजक गतिविधि गर्न नपाइने र गरिएमा कानुनअनुसार कारबाही हुने उनले स्पष्ट पारे।

संविधानको सुरक्षा आजको आवश्यकता भएको भन्दै उनले बर्तमान संविधान निर्माणको १० वर्षे समयावधिको आवश्यक समिक्षा सहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताको आधारमा संशोधन गर्न सकिने उनले बताए।

पछिल्ला वर्षमा लागु औषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रुपमा देखा परेको बताउँदै मन्त्री लेखकले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर कृयाशिल रहेको बताए।

Leave a comment

Your email address will not be published. Required fields are marked *