समाचारपत्रकी थापालाई प्रोत्साहन पुरस्कार

चलचित्र पत्रकार संघ, नेपालले यस वर्षको राष्ट्रिय फिल्म पत्रकारिता प्रोत्साहन पुरस्कार नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापालाई प्रदान गर्ने भएको छ।
संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा बुधबार बसेको संघको केन्द्रीय कार्यसमिति बैठकले यस वर्षको सो पुरस्कार २५ हजार रुपियाँ नगदसहित थापालाई प्रदान गर्ने निर्णय गरेको हो।
बैठकले यस वर्षको राष्ट्रिय फिल्म पत्रकारिता रजत सम्मान नगद ५५ हजार ५ सय ५५ रुपियाँसहित ध्रुव लम्साललाई प्रदान गर्ने निर्णय गरेको छ भने राष्ट्रिय फिल्म पत्रकारिता सम्मान विष्णु सुवेदी र नरेन्द्र बस्नतेलाई प्रदान गर्ने निर्णय गरेको छ।
त्यसै गरी राष्ट्रिय फिल्म पत्रकारिता पुरस्कार नगद ५१ हजार रुपियाँसहित जीवन पराजुली र वर्षा बस्नेतलाई तथा राष्ट्रिय फिल्म मोफसल पत्रकारिता पुरस्कार नगद २५ हजार रुपियाँसहित कोशीका तुलसीप्रसाद निरौलालाई प्रदान गरिने भएको छ।
संघले आप्नो स्थापना भएको दिन जेठ ७ गतेलाई हरेक वर्ष फिल्म पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ। सोही अवसरमा आप्mना सदस्यलाई विभिन्न सम्मान र पुरस्कारका प्रदान गर्दै आएको छ। यस वर्षको फिल्म पत्रकारिता दिवस इलाममा मनाइने संघका महासचिव रघुनाथ सापकोटाले जानकारी गराएका छन्।
सापकोटाका अनुसार जेष्ठ ६ देखि ८ गतेसम्म कार्यक्रम हुनेछ। सो अवसरमा सम्मान र पुरस्कार प्रदान समारोहका साथमा अन्तक्र्रिया, मिडिया मन्थन, सिनेमा संवाद, डिजिटल मिडिया र एआई विषयक कार्यशालालगायतका कार्यक्रम हुने सापकोटाले जानकारी गराए।