संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य हुँदैन : गृहमन्त्री लेखक

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य नहुने बताउनुभएको छ । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन गर्दै उहाँले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने […]

कतारले दिएकाे बाेइङ ७४७ उपहार अस्वीकार गर्नु मूर्खता हाे : ट्रम्प

कतारले अमेरिकालाई ४० करोड अमेरिकी डलर पर्ने आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म यो विमान अस्थायी रूपमा प्रयोग गरिने बताउनुभएको एएनआईले जनाएको छ । उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो बचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च […]

फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैनः अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत समाजमा अहिले पत्रकार को हो ? भन्ने प्रश्न उठेको बताउनुभएको छ । बुधवार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषय कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय पत्रकार को हो ? भन्नेमै प्रश्न उठिरहेको जिकिर गर्दै फेसबुक, व्यक्तिगत युट्युब च्यानल चलाउनेहरूले पनि […]

सिरियामाथि लगाएको प्रतिबन्ध हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको छ । गएको वर्ष सिरियामा बशर अल–असदको सरकार ढलेपछि प्रतिबन्ध हटाउने बाटो खुलेको पनि ट्रम्पले बताउनुभएको छ । यो प्रतिबन्ध हटाउने निर्णय अहिले सत्तामा रहनुभएका अहमद अल साराको महत्त्वपूर्ण जीत रहेको बीबीसीले जनाएको छ । गएको डिसेम्बरमा सिरियाको राष्ट्रपति रहेका उहाँले असद परिवारको सत्तालाई […]

मोटोको सुगन्ध’ गीति कृतिमाथि विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न

बिर्तामोड, बैशाख ३१  नारायण गोपाल स्मृति प्रतिष्ठान, बिर्तामोड–३, झापाको आयोजनामा गीतकार टीका भट्टराईको छैटौँ गीति कृति ‘मोटोको सुगन्ध’ माथि विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मोहन सिवाकोटीको अध्यक्षतामा तथा रेडियो नेपालका निर्देशक डा. टीका भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण सिवाकोटी, संयम उपप्रमुख शान्ता […]

अध्यक्ष ओलीद्वारा मिसन ०८४ सफल पार्नेगरी सक्रियता बढाउन एमालेका जनसंगठनलाई निर्देशन

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने बताएका छन् । गत फागुन देखि वैशाखसम्म महाधिवेशन गरेका जनसंगठनका पदाधिकारीहरूलाई संयुक्त रूपमा बधाई दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संगठन भित्र गुटबन्दी र बेठिक प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताएका छन् । प्रतिकुल […]

नेजा अमेरिका शाखाको अध्यक्षमा पुनः सुरज भण्डारी निर्वाचित

अर्जुन प्रधान — नेपाली अमेरिकी पत्रकार संघ (नेजा) को नवौँ महाधिवेशनले पुनः सुरज भण्डारीलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशनले १७ सदस्यीय कार्यसमिति गठन गर्दै आगामी कार्यकालका लागि नेतृत्व सुनिश्चित गरेको हो। नेजा अमेरिकाको यो महाधिवेशन अमेरिकाको लास भेगासमा भव्य रूपमा सम्पन्न भएको हो। सुरज भण्डारीको नेतृत्वमा गठित नयाँ कार्यसमितिले प्रवासी पत्रकारितालाई […]

दुर्गापुर-प्रजापति सडकमा टिपर आवागमनमा रोक

दुर्गापुर । कनकाई नगरपालिका–१ दुर्गापुरबाट उत्तरतर्फ जाने दुर्गापुर प्रजापति सडकमा अबदेखि टिपर चलाउन रोक लगाइएको छ। दैनिक सयभन्दा बढी टिपरले सडक प्रयोग गर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै सडक भत्किने अवस्था देखिएकोले स्थानीयको मागमा टिपर सञ्चालनमा रोक लगाइएको हो। झण्डै २५० स्थानीय बासिन्दाले हस्ताक्षर संकलन गरी नगरपालिकामा उजुरी दिएपछि नगरपालिकाको समन्वयमा सो निर्णय गरिएको हो। एशियन […]

मेरिल्याण्डमा नेपालीद्वारा संचालित तेश्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता भव्यताका साथ सम्पन्न

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा नेपालीद्वारा संचालित तेक्वान्दो प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। मेरिल्याण्ड राज्यको सिसीबिसी क्याटोन्सभिल कम्युनिटी कलेज जिमनाजीएम बाल्टिमोरमा आयोजना भएको “तेश्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता” गत मे १० शनिबारका दिन प्रतियोगिता सफलतापूर्वक समापन गरिएको छ । संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरुबाट ४५२ जना खेलाडीहरुले सहभागिता लिएको उक्त प्रतियोगिताका निर्देशक तथा एभरेष्ट […]

बजेटमा आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्त्व दिन्छाैँ : अर्थमन्त्री पौडेल

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्त्वका साथ अघि बढाइरहेको बताउनुभएको छ । आउँदो आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग अर्थ मन्त्रालयमा आज भएको छलफलमा उहाँले आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो । अर्थमन्त्री पौडेलले आउँदो बजेट विशेषगरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर सिर्जना […]