विद्यालय शिक्षा ऐनको माग गर्दै नयाँ बानेश्वरमा शिक्षकहरूको धर्ना
काठमाण्डाै – विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलन गर्दै आएका शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना दिएका छन् । माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमै धर्ना दिएका हुन् । नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न प्रहरीले रोकेपछि उनीहरू सडकमा नै धर्ना दिएर बसेका हुन् । नेपाल शिक्षक महासङ्घले दुई हप्तादेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेको छ […]