उज्यालो इडन बाल क्लबको अध्यक्षमा न्यौपाने

उज्यालो इडन बाल क्लबको ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्लबका अध्यक्ष हर्षित दंगालको अध्यक्षतामा भएको साधारण सभामा सचिव आयुश न्यौपानेले ८१ सालको प्रगति विवरण र कोषाध्यक्ष सन्ध्या सिटौलाले आर्थिक विवरण पेश गरेका थिए । उक्त अवसरमा मन्तव्य राख्दै फोकल पर्सन गीताराम आचार्यले विविध रचनात्मक कार्यक्रम गर्दै क्लब अघि बढिरहेको बताए । […]

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ । यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि टर्कीको इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो । ३० दिनसम्म विना शर्त युद्धविराम गर्न रुसलाई दबाव दिँदै आउनुभएका ट्रम्पले भोलि पुटिनसँग फोनमा कुरा गर्ने बताउनुभएको […]

बिर्तामोडमा एक दिने साहित्य लेखन तालिम सम्पन्न

बिर्तामोड । भरत प्रसाई, मिडिया रिसर्च सेन्टर र विरता रिडर्सको संयुक्त आयोजनामा एक दिने साहित्य लेखन तालिम झापाको बिर्तामोडमा सम्पन्न भएको छ । तालिममा साहित्य लेखनका विभिन्न आयाम, शैली र प्रविधि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । तालिमका प्रशिक्षक लेखक रमेश सायनले सहभागीहरूलाई साहित्यिक लेखनका विधि, भाषा प्रयोग र लेखन कौशलका विषयमा जानकारी गराउनुका साथै […]

प्रधानमन्त्री ओलीद्वारा पदक विजेता टेबिल टेनिस खेलाडीलाई बधाई

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एशियाली युथ टेबल टेनिस प्रतियोगिता’ मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उहाँले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुभकामना दिनुभयाे । अखिल नेपाल टेबल टेनिस सङ्घले गएको अप्रिल २४ देखि […]

राजनीतिक आस्थाकै कारण मानिस पक्राउ गर्दै जाने हो भने राप्रपा विद्रोहमा जान्छ : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले  सरकारले संविधानको धारा १७, २७० र २७४ को निरन्तर उल्लंघन गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले रवीन्द्र मिश्रलगायतलाई विचारकै आधारमा अपमानपूर्वक प्रहरी खोरमा राखेको आरोप लगाए । उनले  राजसंस्था मान्छु, हिन्दु राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारण उनीहरूलाई अपमानपूर्वक खोरमा राखेको बताए । राजनीतिक आस्थाकै […]

समाचारपत्रकी थापालाई प्रोत्साहन पुरस्कार

चलचित्र पत्रकार संघ, नेपालले यस वर्षको राष्ट्रिय फिल्म पत्रकारिता प्रोत्साहन पुरस्कार नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापालाई प्रदान गर्ने भएको छ। संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा बुधबार बसेको संघको केन्द्रीय कार्यसमिति बैठकले यस वर्षको सो पुरस्कार २५ हजार रुपियाँ नगदसहित थापालाई प्रदान गर्ने निर्णय गरेको हो। बैठकले यस वर्षको राष्ट्रिय फिल्म पत्रकारिता रजत सम्मान नगद ५५ […]

विश्व टेस्ट च्याम्पियनशिपको विजेताले ४९ करोड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपको पुरस्कार राशि सार्वजनिक गरेको छ । आईसीसीका अनुसार विश्व टेस्ट च्याम्पियनशिपको विजेताले ३६ लाख अमेरिकी डलर अर्थात् ४९ करोड १५ लाख रुपैयाँभन्दा धेरै पुरस्कार रकम पाउने भएका छन् । यो पुरस्कार रकम यसअघिको संस्करणभन्दा दोब्बरभन्दा बढी हो । सन् २०२१ र २०२३ मा विजेताले १६ लाख […]

प्रचण्डले भने- अबको दिन माओवादीको हुनेछ

बैतडी– नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दै छ। अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन् । भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको  भएको र त्यसको समाधान गर्न […]

कम्युनिष्ट पार्टी नयाँ धरातलबाट हिँड्नुपर्छ : झलनाथ खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूले विगतका कमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प नभएको बताएका छन्। निर्मल लामा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतीहरू’ विषयक विचार गोष्ठीमा उनले कम्युनिष्ट पार्टीहरूले आगामी दिनमा आफ्ना कमीकमजोरी सच्चाउँदै नयाँ धरातलबाट हिँड्नुपर्ने आवश्यकता औँल्याए। नेपाल कम्युनिष्ट […]

ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटेको भिडिओ भाइरल, दुवैलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु

काठमाडौँ । नागढुङ्गामा एक ट्राफिक प्रहरी इन्स्पेक्टरले जनपद प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाको छानबिन थालिएको छ । प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले भिडिओमा देखिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाई अनुसन्धान सुरु गरिएको जानकारी दिए । घटनापछि ट्राफिक इन्स्पेक्टरलाई ट्राफिक प्रहरी महाशाखा तथा जवानलाई उपत्यका […]