रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो

विभिन्न अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुनः म्याद थपका लागि अदालत पेश गरेको छ । गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो । राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा […]

महँगी बढेकाले बजार अनुमगन गर्न सांसदको आग्रह

काठमाडौँ, ३० वैशाख : सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी बढाइएकाले बजार अनुमगन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारी रुपमा आगाडि बढाउन माग गर्नुभयो । सांसद घनश्याम रिजालले दोलखाको भीमेश्वर नगरपालिकाको ‘दोलखा चलचित्र नगरी’ योजना अधुरै रहेको उल्लेख गर्दै समयमा नै सो कार्य […]

अमेरिकासँगको व्यापार वार्तापछि चीनले बोइङमाथिको प्रतिबन्ध हटायो

अमेरिकासँगको व्यापार वार्तापछि चीनले अमेरिकी हवाईजहाज निर्माता बोइङमाथिको प्रतिबन्ध हटाएको छ । दुवै देशले व्यापार युद्धलाई रोक्दै अस्थायी रूपमा भन्सार शुल्कहरू घटाउन सहमति जनाएपछि चीनले बोइङमाथिको प्रतिबन्ध हटाएको ब्लूमबर्ग न्युजको रिपोर्टलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । गएको महिना दुवै देशबीच व्यापार युद्ध चर्किँदै जाँदा एकअर्कालाई भारी शुल्क लगाएपछि चीनले घरेलु एअरलाइन्सहरूलाई नयाँ बोइङ विमान […]

नेपाल हङकङसँग ७ विकेटले पराजित

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । थाइल्यान्डको एआईटी ग्राउन्टमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । हङकङकी शनजीन शाहजादले नटआउट १५ रन बनाइन् । नेपालकी कविता कुँवरले २ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको […]

ताप्लेजुङमा प्रहरीको गाडी दुर्घटना: चार जना प्रहरी घाइते

झापा, ३० वैशाख: ताप्लेजुङको फुङलिङ नगरपालिका–७ स्थित शनिवारे हटियालाइनमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको गाडी दुर्घटनामा पर्दा चार जना प्रहरी घाइते भएका छन्। गएराति करिब ९:४० बजे को १ झ ६०६ नम्बरको मोबाइल गस्ती गाडी बाक्लो हुस्सुका कारण मोड्ने क्रममा अनियन्त्रित भई पल्टिएको हो। गाडीमा प्रहरी सहायक निरीक्षक (असई) नन्दलाल बैठाको नेतृत्वमा पाँच सदस्यीय टोली सवार […]

संगीत साधना कला केन्द्रले मनायो २२ औं वार्षिक उत्सव

कनकाई, झापाको कनकाई ३ सुरुङ्गामा रहेको संगीत साधना कला केन्द्रले आफ्नो २२औं वार्षिक उत्सव मनाएको छ। २२ वर्ष अगाडि स्थापना भएको कला केन्द्रले शनिबार आज कनकाई ३ सुरुङ्गामा रहेकोे लाईन्स क्लब अफ कनकाई सुरुङ्गाको भवनमा संगीत साधना कला केन्द्रले आफ्नो २२औं वार्षिक उत्सव मनाएको हो। संगीत साधना कला केन्द्रकी अध्यक्ष तुलसा पाठकको सभापत्तित्वमा आयोजित वार्षिक […]

नारी सञ्चार गृहकाे अक्षय कोषलाई एक लाख दिने महेन्द्र गिरीको घोषणा

बिर्तामोड : नारी सञ्चार गृह झापाको आयोजनामा  पत्रकारितामा नयाँ प्रविधि विषयक दुई दिने तालिम सुरु भएको छ । सहारा नेपालको सभा हलमा बाट दुई दिने तालिम सुरु भएको हो । तालिमको एक कार्यक्रमका बीच कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले  उद्घाटन गरेकी छन्   । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै   नगर प्रमुख प्रसाईले […]

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख

काठमाडौँ, २७ वैशाखः सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको बताउनुभएको छ । पूर्वसांसद मञ्च नेपालद्वारा आज यहाँ आयोजित ‘नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले वर्तमान शासन प्रणालीविरुद्ध कुप्रचारले प्रश्रय पाएकाले सकारात्मक ढङ्गबाट सोच्ने र विश्लेषण गर्ने प्रवृत्तिको विकासमा जोड दिनुभयो । सकारात्मक विश्लेषणबाट […]

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

काठमाण्डौ – प्रतिनिधि सभाको बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीच चलिरहेको आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । दुई देशबीच चलेको शृङ्खलाबद्ध आक्रमणले नेपाललाई पर्न सक्ने प्रभावतर्फ गम्भिर बन्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमानाकामा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्नेमा उनीहरुको जोड छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले […]

प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेट : छिमेकी देशविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने प्रधानमन्त्रीद्वारा स्पष्ट

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा भारतको जम्मूकाश्मीर पहलगाममा गएको वैशाख ९ अर्थात् २२ अप्रिल २२ तारिखमा भएको आतङ्कवादी आक्रमण र यसबाट उत्पन्न पछिल्लो तनावसँगै विकसित घटनाक्रमबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो । श्रीवास्तवले आक्रमण भएको ठाउँमा […]