हङकङ र लाओससँगको फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र लाओससँगको एएफसी एशियन कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङ र लाओससँगको खेलका लागि आज ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपालले हङकङसँग जुन ५ मा मैत्रीपूर्ण खेल र एशियन […]

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भ्याटिकनमा भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्न नचाहेको बताउनुभएको छ । युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग भ्याटिकनमा भएको भेटमा राष्ट्रपति ट्रम्पले पुटिन शान्ति सम्झौतामा इच्छुक छन् वा छैनन् भन्ने प्रश्न उठाएको बताएको सीएनएनले उल्लेख गरेको छ । पोप फ्रान्सिसको अन्त्येष्टि समारोह शुरू हुनु केही अगाडि उहाँहरुबीच छोटो भेट भएको हो । पछिल्लो यो भेट […]

लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कोषाध्यक्षमा टेकबहादुर बस्नेतको उम्मेद्वारी

लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्यसमितिका लागि यही बैशाक १८ निर्वाचन हुने भएको छ । नगरबासीका घरघरमा धारा, सर्वशुलभ र स्वच्छ पानी हाम्रो अभिभारा भन्ने मुल नाराका साथ लोकतान्त्रिक समावेशीको प्यानलको तर्फबाट कोषाध्यक्ष पदमा युवा व्यवसायी टेकबहादुर बस्नेत निर्वाचनमा होमिनु भएको छ । युवा व्यवसायी तथा एक कार्यकाल लक्ष्मीपुर बजार व्यवस्थापन समिति अध्यक्ष […]

प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

लुम्बिनी, १३ वैशाखः ‘नेपाल–चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउनुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई आज यहाँ स्वागत गर्नुभयो । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ । महोत्सवअन्तर्गत अन्तरराष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको […]

अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिदैछ : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताउनुभयो । यसले राज्य र नागरिकका बिचमा द्वन्द्व सिर्जना गरेको उहाँको धारणा छ । ‘लोकतन्त्रलाई राज्यलाई बलियो बनाउने […]

शाेक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाकाे पहिलाे बैठक सकियाे

काठमाण्डाै – राष्ट्रियसभाको १८औं अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । आज बसेको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो । लगत्तै अध्यक्ष दाहालले पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभयो । शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको छ । बोहराको गएको चैत […]

विराटनगरमा अध्यक्ष ढकालले भने : पाथीभरा केबलकारको विरोध गर्नेहरू अहिले बनाउन आग्रह गरिरहेका छन्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। कोसी प्रदेशमा कानुन परिवर्तन भएपनि बाह्य र आन्तरिक लगानी गर्न चाहने लगानीकर्ताहरू सुरक्षित हुनुपर्ने उनले बताए। विराटनगरमा उद्योग वाणिज्य महासंघ कोसीले आयोजना गरेको प्रदेशको आर्थिक अवस्था, लगानीको सम्भावना र चुनौती बारेमा आयोजित अन्तरसंवाद कार्यक्रममा ढकालले लगानी मैत्री वातावरण बनाउन सरकारलाई आग्रह […]

सात दिनभित्र सूचीकृत नभए फेसबुक बन्द हुन्छ- मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक, म्यासेन्जर, इन्टाग्रामलगायतका प्लेटफर्ममो माउ कम्पनी ‘मेटा’ लाई सात दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिएका छन् । आज राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रियामा मन्त्री गुरुङले मेटालाई तीन पटकसम्म सूचीकृत हुन पत्राचार गर्दा समेत वेवास्ता गरेको उल्लेख गर्दै हप्ता दिनभित्र सूचीकृत नभए […]

लोकतन्त्र दिवसमा एमालेको ‘युवा उत्सव’

काठमाण्डाै – लोकतन्त्र दिवसका अवसरमा नेकपा (एमाले) ले काठमाण्डाैको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’ अर्थात् ‘युवा उत्सव’ को आयोजना गरेको छ । अहिले चलिरहेको उत्सव निरङ्कुश राजतन्त्रको अन्त्य भई नागरिकले जितेको दिनका रूपमा मनाएको एमाले निकट युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार स्वदेशमा रोजगारी र समृद्धिका लागि युवाहरूलाई अवसर छ भन्ने सन्देश दिन यो […]

नेकपा एमालेको ‘युथ सेलिब्रेसनमा’ व्यापक जनसहभागिता

 काठमाण्डौं ।  भरत भाबुक प्रसाई , नेकपा एमालेको आयोजनामा हुने ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । दिउसो १ बजेबाट कार्यक्रम सुरुभएको कार्यक्रम  परिचालन समितिले जनाएको छ । ‘युथ सेलिब्रेसन’ कार्यक्रममा ४ वर्षमुनिका एक लाख युवा एकैठाउँमा जम्मा हुने एमालेको दाबी  छ ।  कार्यक्रममा सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र महासचिव […]