हिङमाङ टेक्वान्दोएकाडेमी दुई वर्षमै राष्ट्रिय स्तरमा सफलता

पेन्सिल्भेनिया, अमेरिका, । सन् २०२३ मा स्थापना गरिएको हिङमाङ टेक्वान्दो एकाडेमीले छोटो समयमै असाधारण सफलता हासिल गरेको छ ।
केवल दुई वर्षमै १२० भन्दा बढी विद्यार्थीहरूको सहभागिता प्राप्त गर्दै, यो एकाडेमी अमेरिकी राज्य पेन्सिल्भेनियामा टेक्वान्दो अभ्यासको केन्द्र बन्न सफल भएको छ ।
गत अप्रिल १२ मा सम्पन्न भएको छनोट प्रक्रियामा, एकाडेमीका १६ जना खेलाडीमध्ये १२ जना गोल्ड मेडल, ९ जना दोश्रो र ६ जना तेश्रो हुन सफल भएका छन् । पेन्सिल्भेनिया स्टेट च्याम्पियनसिपको लागि १६ मध्ये १४ जनाले २ विधा र २ जनाले १ बिधामा सहभागिता जनाएका थिए ।
हिङमाङ टेक्वान्दो एकाडेमीको स्थापनाको मुख्य उद्देश्य अमेरिकी समाजमा बसोबास गरिरहेका नेपाली समुदायका साथै अन्य जातीय पृष्ठभूमिका बालबालिकाहरुलाई अनुशासन, आत्मरक्षा र नेतृत्व क्षमतामा विकास गर्न सहयोग र्पुयाउनु रहेको एकाडेमीका मास्टर डेक दर्जीले बताउनु भयो ।
मास्टर दर्जीले एकाडेमीको प्रमुख उदेश्य भनेको खेलकुदमार्फत बालबालिकामा आत्मविश्वास, अनुशासन र फोकस बढाउनु रहेको बताउनु भयो ।
एकाडेमीमा विविध उमेर समूहका विद्यार्थीहरू सहभागी रहेको र एकाडेमीकी इन्स्ट्रक्टर नेहा दर्जीले बताउनु भयो ।
उहाँले योग्य प्रशिक्षकहरूद्वारा नियमित प्रशिक्षणका कारण अभिभावकमाझ पनि एकाडेमीप्रति गहिरो विश्वास पैदा भएको बताउनु भयो ।
सिर्जनात्मक प्रशिक्षण पद्धति, कडा अनुशासन, र समर्पित प्रशिक्षकहरूको समूहले गर्दा हिङमाङ टेक्वान्दोे एकाडेमीले छोटो समयमा ठूलो प्रभाव जमाउन सफल भएको एकाडेमीका इन्स्ट्रक्टर ग्रेस धिमालले दाबी गर्नुभयो ।
आगामी दिनहरूमा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्ने लक्ष्यका साथ अघि बढिरहेको एकाडेमीले टेक्वान्दो मार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रयास जारी राखेको छ ।