#अन्तर्राष्ट्रिय #राजनीति #समाचार

बेलायतमा रुस–युक्रेन युद्धविराम वार्ताबाट शीर्ष अमेरिकी अधिकारीहरू बाहिरिए

बेलायतको राजधानी लन्डनमा रुस–युक्रेन युद्धविराम वार्ताबाट शीर्ष अमेरिकी अधिकारीहरू बाहिरिएका छन् । युक्रेन र रुसबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले लन्डनमा हुने वार्तामा अमेरिकी विदेशमन्त्री मार्काे रुबियो र विशेष दूत स्टिभ विटकफ सहभागी नहुने बीबीसीले जनाएको छ ।

बुधवारको बैठक बेलायत, फ्रान्स, जर्मनी, युक्रेन र अमेरिकाका वरिष्ठ अधिकारीहरूबीच हुनेछ भने बेलायती विदेश सचिव डेभिड ल्यामीले आफ्ना युक्रेनी समकक्षीसँग द्विपक्षीय बैठक आयोजना गर्नुहुनेछ । अब वार्तामा अमेरिकाको प्रतिनिधित्व युक्रेनका लागि राजदूत जनरल किथ केलगले गर्नुहुनेछ ।

रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरूको गति तीव्र हुँदै जाँदा अमेरिकी विदेशमन्त्रीले यस हप्ता रुसको राजधानी मस्कोमा हुने वार्तामा ध्यान केन्द्रित गर्ने खबरमा उल्लेख छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *