सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

काठमाण्डौ – प्रतिनिधि सभाको बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीच चलिरहेको आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । दुई देशबीच चलेको शृङ्खलाबद्ध आक्रमणले नेपाललाई पर्न सक्ने प्रभावतर्फ गम्भिर बन्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमानाकामा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्नेमा उनीहरुको जोड छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल शान्ति र स्थिरताको पक्षमा रहेको सन्देश विश्व समुदायलाई दिनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले भारत–पाकिस्तानबीच थप युद्धको अवस्था उत्पन्न भएमा नेपालमा पर्न सक्ने सुरक्षा, आपूर्ति र आर्थिक असरका साथै ति देशमा रहेका नेपालीको अवस्थाबारे विश्लेषण गरी योजना बनाउन माग गर्नुभयो ।